Rule 21
बीउ बिजन राखेको भाँडोमा संकेतपत्र सम्बन्धमा
सूचित बीउ बिजनको बिक्री वितरण गर्ने व्यक्ति वा संस्था आफूले बिक्री वितरण गर्ने बीउ राखेको भाँडोमा ऐनको
दफा १३ मा उल्लेखित विवरणहरूको अतिरिक्त देहाय बमोजिमको विवरण उल्लेख गर्नु पर्नेछ ः–
(क) उत्पादन वर्ष,
(ख) बीउ बिजनको परीक्षणको मिति,
(ग) लट नं.,
(घ) बीउ बिजन उपयुक्त हुने क्षेत्र,
(ङ) बीउ बिजनको तौल,
(च) बीउ बिजन बिक्री वितरण गर्ने व्यक्ति वा संघ संस्थाको नाम, लोगो र दस्तखत ।